सशस्त्र प्रहरीद्वारा ३ किलो ९ सय ग्राम चरेश बरामद
वीरगञ्ज, ३ फाल्गुन । सशस्त्र प्रहरी बल पर्साले वीरगंज बाट लागु औषध चरेश बरामद गरेको छ ।
वीरगञ्ज वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको जाने बाटोबाट सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले ३ किलो ९ सय ग्राम चरेस बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार चेकप्वाईन्ट थापेको देख्ना साथ तरकारी बोक्ने झोला फाली नेपालबाट भारततर्फ भागेका थिए ।
झोला बरामद गरी चेकजाँच गर्दा कार्टुन टेपले बेरिएको आठवटा प्याकेटमा ३ किलो ९ सय ग्राम चरेस फेला परेको छ ।
बरामद गरिएको चरेस आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताए ।