Modern technology gives us many things.

प्रतिबन्धित लागूऔषधसहित एक भारतीय युवक पक्राउ

वीरगञ्ज, ३ फाल्गुन । वीरगञ्जबाट प्रतिबन्धित लागूऔषधसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

सोमबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकचोकस्थित सडक खण्डमा प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले एकजना भारतीयलाई प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

गण्डक चोकमा नियमित चेकिङ्ग गर्ने क्रममा शंकास्पदरूपमा पैदल हिडीरहेका भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा वडा नम्बर १४ बस्ने २२ वर्षीय जगत कुमार कुशवाहालाई रोकेर जाँच गर्दा उनले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाई राखेको लागुऔषध नुर्फिन १०० एम्पुल, डाइजीपाम १०० एम्पुल र फेनारगन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल फेला परेको जिल्ल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद लागूऔषध र कुशवाहालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धि कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.