Modern technology gives us many things.

वीरगञ्जमा निर्मित मन्दिरको सांसद यादवले गरे लोकार्पण

वीरगञ्ज २ फागुन । सांसद प्रदीप यादवले वीरगञ्जमा एउटा मन्दिरको लोकार्पण गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को बदननगरको स्कुल रोडस्थित प्राण प्रतिष्ठा महायज्ञ सर्वकल्याणकारी राम जानकी मन्दिरको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद यादव प्रदीप यादवले लोकार्पण गरेका हुन् ।

सर्वकल्याणकारी राम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष राजु राज गिरीको सभापतित्वमा भएको कार्यक्रममा सांसद् यादव र प्रदेश सांसद जनत अन्सारीले संयुक्त रुपमा मन्दिरको लोकार्पण गरेका थिए ।

लोकार्पण कार्यक्रममा बोल्दै सांसद यादवले नेपाल पौराणिक र लोक आस्थाको देश भएको बताए । आफुले पहल गरेर निर्माण भएको मन्दिर लोकार्पण गर्न पाउँदा खुशी र गर्वान्वित महसुस भइरहेको बताउँदै सांसद यादवले मन्दिरबाट जिल्लामा पर्यटकीय रुपले पनि उपलब्धि हुने बताए । “आफ्नो धर्म, आस्था र संस्कृतीसँग प्रत्यक्ष रुपमा जोडिएको मन्दिरको लोकार्पण गर्न पाउँनु आफैमा एउटा सौभाग्य पनि हो । आज मैले यस्तो सौभाग्य प्राप्त गरेको छु,” उनले भने ।

सांसद यादवले आफ्नो पहलमा प्रदेश सरकारबाट १५ लाख रुपैयाँको बजेट उपलब्ध गराएपछि मन्दिर निर्माणको काम सुरु भएको थियो ।

विगत २७ वर्षदेखि मन्दिर बनाउन स्थानीयहरुले संघर्ष गरिरहेको बेला सांसद् यादवको पहलमा प्रदेश सरकारबाट १५ लाख रुपैयाँ र स्थानीय सरकारको केहि सहयोगमा कुल ४५ लाखको लागतमा निर्माण भएको संरक्षण समितिका अध्यक्ष राजु राज गिरीले जानकरी दिए ।

कार्यक्रममा प्रदेश सांसद जनत अन्सारी, डा. रविन्द्र सिंह, राजेश सर्राफ, सन्तोष सह गुप्तालगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.