Modern technology gives us many things.

मोटरसाइकल चोरेर भाग्दै गरेका युवक प्रहरीद्वारा पक्राउ

वीरगञ्ज। मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा पर्सा प्रहरीले फेरी एकजनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित ओम होटल एण्ड पार्टी प्यालेस अगाडी पार्किंग गरेर राखिएको ना.६३ प ९२७४ नम्बरको कालो रातो रंगको बजाज पल्सर १ सय ५० सिसीको मोटरसाइला चोरेर भागी रहेको अवस्थामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी निवासी २० वर्षीय साहिल पटेल रहेका छन् ।

मोटरसाइकलको लक तोडी चोरेर भागी रहेको अवस्थामा पटेललाई स्थानीय र उक्त स्थानमा खटिएको प्रहरी टोलीले सोमबार नियन्त्रणमा लिएको थियो ।

पटेलमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.