Modern technology gives us many things.

पर्सा प्रहरीको सक्रियता : धमाधम पक्राउ पर्दै मोटरसाइकल चोर

श्याम कुशवाहा/वीरगंज,२० माघ। पर्सामा मोटरसाइकल चोरीको घटना बढे संगै प्रहरीले पनी सक्रियता देखाएको छ ।

एक महिना यता पर्सा प्रहरीले वीरगंजको विभिन्न ठाउहरू बाट मोटरसाइकल चोरेर भाग्दै गर्दा दर्जनौ चोरलाई पक्राउ गरि मुद्दा चलाएको छ ।

दिनहु भईरहेको मोटरसाइकल चोरीले परेशान बनेका पर्साबासी लाई केहि हदसम्म भएपनी राहत महसूस भएको छ ।

प्रहरीले मंगलवार राती १० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा चोकमा जिल्ला बारा फेटा गाउँपालिका वडा नं.३ बस्ने बर्ष ३१ को नरेश प्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको कालो रंगको १६० CC को अपाचे मोटरसाइकल पार्किङ गरी राखेकोमा उक्त मोटरसाइकल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२ बस्ने बर्ष २० को मोहमद अलीले लक तोडी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको गस्ती टोलीले फेला पारी मोटरसाइकल सहित नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले माघ १६ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ स्थित सानो पाईलाको भरपेट भोजनालय अगाडीबाट मोटरसाइकल चोरेर भागिरहेका चितवनको कालिकामाई नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षीय रोशन डुम्जन पक्राउ गरेको थियो ।

पर्सामा शान्ति सुरक्षा व्यवस्था कायम गर्न पर्सा प्रहरीले कुनै कसर बाकी नराख्ने पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.