Modern technology gives us many things.

मोटरसाइकल चोरेर भाग्दै गर्दा वीरगंजबाट एकजना पक्राउ

वीरगञ्ज १७ माघ । मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा महानगरपालिका वडा नम्बर १२ स्थित सानो पाईलाको भरपेट भोजनालय अगाडीबाट मोटरसाइकल चोरेर भागिरहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवनको कालिकामाई नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षीय रोशन डुम्जन रहेका छन् ।

डुम्जनलाई भरपेट भोजनालय अगाडी बस्ने २१ वर्षीय कृष्णा कुमार साहको नाममा दर्ता रहेको ना ५३ प ४२८५ नम्बरको हरियो रङ्गको पल्सर एनएस २ सय सिसीको मोटरसाइकल चोरि गरेर भागिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको लक् टुटाइ भाग्दै गरेको अवस्थामा उक्त स्थानमा खटिएको प्रहरी टोलीले पीडितको सहयोगमा डुम्जन नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

डुम्जनमाथि चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान अगाडी बढाइएको डिएसपी खनालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.