Modern technology gives us many things.

पर्सामा कुरियर तथा कार्गो व्यवसायी सेवा संघ गठन

वीरगंज,१५ माघ। वीरगंजमा संचालनमा रहेका कुरियर तथा कार्गो सेवालाई थप ब्यवस्थापन तथा बिस्तारका लागी १९ सदस्यीय पर्सा कुरियर एन्ड कार्गो ब्यवसायी सेवा संघ गठन भएको छ। 

नेपाल काइनेटिक कुरियरको सभाहलमा बसेको १६ वटा कुरियर संचालकको बैठक ले सर्व सहमत संघ गठन गरेको हो।

संघको अध्यक्षमा संजय पटेल (पप्पू पटेल), उपाध्यक्ष बुनीलाल दास, सचिव जंगबहादुर यादव, कोषाध्यक्ष नन्दन बानिया, सह-सचिव रामेश्वर गुप्ता, सदस्य नवीन पटेल, रिखन देव चौधरी, अनिल यादव, हुसैन अंसारी, मैनुदिन अंसारी, अंजन क्षेत्री तथा सल्लाहकार जांदबी बसनेत र कन्हैया साह कानूलाइ चयन गरेको हो।

लामो समय देखी अनयन्त्रित र मनोपलि ढंग बाट संचालन भइरहेका कुरियर तथा कार्गो लाइ नियन्त्रीत गर्न ,कामदारलाइ उचित पारिश्रमिकको ब्यवस्था गर्न संघको आवस्यकता रहेको ले संघ गठन गरिएको बताईएको छ ।

पर्सा जिल्लाको जनताको लागी नेपाल भरीको कुरियर सेवा संग जोडने र नेपाल भरी यो संघ बिस्तार गरिने अध्यक्ष सन्जय पटेलले जान्कारी दिनु भयो।

Leave A Reply

Your email address will not be published.