Modern technology gives us many things.

जसपाको ४१ सदस्यीय क्षेत्रिय समिति गठन, नयाँ जोशका साथ अगाडी बढ्ने सांसद यादवको दाबी

वीरगञ्ज, १५ माघ । जनता समाजवादी पार्टी (जसपा) पर्साको क्षेत्रिय समिति गठन भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रिय समिति गठन गरिएको हो । पदाधिकारी पछि टूङ्गो लगाउने गरी हाललाई ४१ सदस्यीय क्षेत्रिय समिति गठन गरिएको हो ।

जिल्ला सदस्य एवम् ज्येष्ठ सदस्य बृजमोहत चौधरीको सभापतित्वमा सम्पन्न भेलाले समिति गठन गरेको जसपा पर्साले जनाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा जसपालाई सशक्त ढङ्गले अगाडी बढाउन र तयारी थाल्नका लागि क्षेत्रिय समिति गठन गर्नुपरेको पार्टीका केन्द्रिय सदस्य मोहनलाल चौधरीले बताए ।

क्षेत्रिय समितिले पार्टीलाई गतिशिल बनाउनुका साथै आगामी निर्वाचनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने जसपाका केन्द्रिय सदस्य विरेन्द्र यादवको विश्वास छ ।

त्यसैगरी पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले अब जसपा नयाँ जोश र जाँगरका साथ अगाडी बढ्ने दावी गरे । पार्टीलाई परिवर्तीत र परिस्कृत गरी अब नयाँ योजनाका साथ सबैले ऐक्यबद्धता जनाउनुपर्ने सांसद् यादवको भनाई छ ।

प्रदेशसभा सदस्य एवम् जसपा पर्साका अध्यक्ष अब्दुल रहिम (मञ्जुर) अन्सारीले जनचाहनाबमोजिम नै पार्टी चल्ने बताए । जनताले नै नेता बनाउने र नेताले नै पार्टी सञ्चालन गर्ने हुँदा जनताको आकाङ्क्षाअनुसार नै गतिविधि सञ्चालन हुने उनको भनाई छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला सहसचिव सुशिल साह कानु, जसपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवलगायतका नेता एवम् कार्यकर्ताहरुसँगै अन्य भातृ संगठनका पदाधिकारी, सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.