Modern technology gives us many things.

प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउन मांग गर्दै मुख्यमंत्री राउतको घर अगाडी प्रदर्शन

वीरगञ्ज। प्रदेश नम्बर २ अस्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीको घर अगाडी विरोध प्रदर्शन भएको छ ।

स्थानीय युवाहरुले प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउन दवाव सृजना गर्ने उद्देश्यले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी आज विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय युवाहरुको टोलीले आइतबार बिहान मुख्यमन्त्रीको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित निवास अगाडी विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् । वीरगञ्जलाई राजधानी नबनाए कडा प्रतिकार गर्ने उनीहरुले चेतावनीसमेत दिएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को राजधानीका लागि जनकपुरधामको पक्षमा मतदान गर्ने पक्कापक्कै भएपछि आक्रोशित युवाहरु आन्दोलनमा उत्रेका हुन् । मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउनका लागि वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको उनीहरुको आरोप छ ।

मुख्यमन्त्री राउतले प्रदेश २ को राजधानी जनकपुर की वीरगञ्ज भनेर आफ्नो धारणा स्पष्टसंग सार्वजनिक नगरेको कारण पनि उनि आफ्नो पद जोगाउन जनकपुरको पक्षमा रहेर वीरगञ्जसँग गद्दारी गरिरहेको स्थानीयहरुको भनाई छ ।

“सानोभन्दा पनि सानो दोकानको उद्घाटनका लागि प्रदेशको एक कुनाबाट अर्को कुना पुगिहाल्ने मुख्यमन्त्रीलाई प्रदेश २ को राजधानी जस्तो गम्भीर विषयको बारेमा एकपटक पनि बोल्न समय छैन,” प्रदर्शनमा सहभागी एक युवाले प्रश्न गर्दै भने, “उनलाई आफ्नो मातृभुमी र शहरभन्दापनि मुख्यमन्त्रीलाई आफ्नो पद बढी प्यारो छ । त्यसैले वीरगञ्जसँग गद्दारी गरिरहेका छन् ।”

संघीयता स्थापना गर्नेदेखि विभिन्न चरणमा भएको मधेस विद्रोह लगायतका आन्दोलनहरुमा समेत वीरगञ्जले प्रदेश नम्बर २ को अन्य स्थानभन्दा धेरै योगदान गरेको र हरेक प्रकारले राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.