Modern technology gives us many things.

१० केजी लागुऔषध चरेशसहित १ जना महिला पक्राउ

वीरगञ्ज, २९ पुष । जिल्ला प्रहरी कार्यालय पर्साले १० केजी लागु औषध चरेशसहित १ जना महिलालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा उक्त परिमाण बराबरको चरेश बरामद गरेको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।

शंकास्पद अवस्थामा रक्सौलतर्फ पैदल जाँदै गरेकी रौतहटको परोवा नगरपालिका वडा नम्बर ९ बंकुल टोल निवासी ४२ वर्षीय रञ्जु देवीलाई प्रहरीले पक्राउ गरेको हो ।

देवीले ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्कार ज्याकेटको दुवैतर्फको खल्तीमा लुकाएको अवस्थामा चरेश फेला परेको हो ।

बरामद लागु औषधसहित महिलालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.