Modern technology gives us many things.

ग्लोबल क्लेजलाई हराउँदै सत्यम फाइनलमा

वीरगन्ज– नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सत्यम पब्लिक कलेजले ग्लोबल कलेजलाई २१ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सत्यम कलेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रन बनाएको थियो ।

सत्यमका सलमान आलमले सर्वाधिक २९ रन, इमरान अन्सारीले नट आउट १८ रन र सुमित कुमारले १३ रन बनाएका थिए ।

ग्लोबलका रोहन यादवले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । विकास गुप्ताले २ र इमारन शेखले एक विकेट लिन सफल भएका थिए ।

९४ रनको लक्ष्य पाएको ग्लोबल कलेजका ब्याट्सम्यानहरु १८.३ ओभरमै अलआउट भई ७२ रनमा खुम्चिएका थिए ।

ग्लोबलका इमार शेखले २१ रन, विकास गुप्ताले १८ रन बनाए । सत्यमका बलर अभय यादवले उत्कृष्ट बलिङ प्रर्दशन गरेका थिए । उनले ४ ओभरमा मात्र ७ रन दिइ ४ विकेट लिएका थिए ।

निरज पटेलले ३ र सरोज यादवले २ विकेट लिएका थिए । सत्यमका अभय यादव म्यान अफ दि म्याच घोषित भएको नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहले बताए ।

Leave A Reply

Your email address will not be published.