Modern technology gives us many things.

गरिब असाहायको सहायतामा जुटे प्रदेश सांसद कुर्मी

वीरगंज। बढ्दै गरेको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले न्यानो कपडा वितरण गरेका छन ।

वीरगञ्जको गण्डकदेखि शंकराचार्य गेटसम्म १ सय जनाभन्दा धेरैलाई कम्बल वितरण गरिएको हो । प्रदेश सभा सदस्य कुर्मीको संसदीय विकास कोषबाट कम्बल, सलसहितका न्यानो कपडा वितरण गरिएको हो ।

तराईमा बढ्दै गरेको शितलहर एवम् चिसोबाट सबैलाई सुरक्षित राख्नका लागि गरिब, विपन्न एवम् असहाय, अशक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको कपडा वितरण कार्यक्रममा सरीक युवा नेता ओमप्रकाश सर्राफले जानकारी दिए ।

नारायणी अस्पताल, बसपार्क लगायतका स्थानमा गएर सडक तथा पेटीमा आश्रीतहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

सो अवसरमा समृद्ध नेपाल संस्थाका उपाध्यक्ष सिद्धार्थ गुप्ता, सचिव सुसान्त सोनी, सहसचिव पदाधिकारी एवम् सदस्यहरु, लोकतान्त्रिक समाजवादी पार्टी का बिरेन्द्र साह, असलम शेख लगायतको उपस्थिती रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.