Modern technology gives us many things.

शितलहर बाट जोगिन प्रदेश सांसद कुर्मीद्वारा सल वितरण अभियान जारी

वीरगञ्ज। पर्सा क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले आफनो क्षेत्रमा रहेका एकल र बृद्ध महिलाहरु लाई सल बितरण अभियान आज दोस्रो दिन पनि जारी राखेका छन् ।

प्रदेश सांसद रमेश प्रसाद कुर्मीले आफनो संसदीय कोष बाट २२३ थान सल बितरण गरेका छन् । आफनो क्षेत्रको तिन वटा स्थानमा सल बितरण गरी उनले ४ दिवशीय अभियानको दोस्रो दिन समपन्न गरेका छन् ।

बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै आफुले आफनो क्षेत्रमा रहेका एकल ,बृद्ध तथा असाहाय महिलाहरु लाई चिसो र सितलहर बाट बचाउने उदेश्यले क्षेत्र भरी नेै सल बितरण गर्ने अभियान चलाएको बताए।

आज दोस्रो दिन प्रदेश सांसद कुर्मीले सितलहर बाट समाजमा रहेका एकल गरीब,बृद्ध र असाहाय महिला महिलाहरु लाई प्राथमिक्तामा राखि चार दिवसीय अभियान अन्तरगत दोस्रो दिन बीरगन्जको बिन्दवासीनी वडा नम्बर १९ मा ९५ थान, बार्वा टोलमा ४० थान र वडा नम्बर २५ सिर्सिया भन्सारमा ८८ थान गरी आज २२३ जना एकल महिला ताथा बृद्ध लाई सल बितरण गरिएको बताए ।

सल बितरण कार्यक्रममा बिन्दवासीनी १९ का बिरेन्द्र सरार्फ, केदार गुप्ता, प्रमोद यादव, दिपक पटेल, कनवार अंसारी, भन्सार सिर्सियामा लाल बाबु बगट, अस्लम आलम, अखिलेस पटेल, ओम प्रकाश सरार्फ, पारस साह र सेख फिरोज लगाएतको उपस्तिथी रहेको थियो ।

कार्यक्रमको पहिलो दिन नेता कुर्मीले आफनो क्षेत्रमा ३२८ थान बितरण गरी सकेका छन र आज २२३ थान गरी २ दिनको अभियानमा ५५१ थान सल बितरण भएको छ ।

Leave A Reply

Your email address will not be published.