Modern technology gives us many things.

राष्ट्रिय एकता दिवसको अवसरमा वीरगञ्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगञ्ज । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगञ्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

अलाईड युथ सोसाइटीले दिवसको अवसरमा ‘अनेकतामा एकता, सुखी शान्ती नेपाली’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

सोसाइटीका अध्यक्ष ओम कुमार झाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा गौतम माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र समीर चौरसिया प्रथम, गौतम माविमै कक्षा ९ मा अध्ययनरत छात्रा श्रेया श्रेष्ठ र जीवनज्योति माविका प्रकाश यादव तृतिय भएका छन् ।

प्रतियोगितामा उत्प्रेरक वक्ता, शिक्षक एवम् सञ्चारकर्मी उज्जवल शर्मा, शिक्षिका रिना अधिकारी र सञ्चारकर्मी सूर्यनारायण वि.क.ले निर्णायकको भूमिका निर्वाह गरेको सोसाइटीकी सहसचिव अनामिका तिवारीले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले विद्यार्थीहरुको प्रयास अत्यन्तै सह्रानीय रहेको बताए ।

यस्तै किसिमका प्रतियोगिताहरुले नै विद्यार्थीको क्षमता अभिबृद्धि र व्यक्तित्व विकास हुने सशस्त्र प्रहरी उपरीक्षक खड्काको विश्वास छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले अतिरिक्त क्रियाकलापले नै विद्यार्थीको आत्मविश्वास बढाउने बताए ।

कार्यक्रममा वीरगञ्ज ईन्सिचिउट अफ म्यानेजमेन्ट (बीआईएम) कलेजका प्रमुख डा. बिनय श्रेष्ठ कार्यक्रम संयोजक अर्विन्द श्रेष्ठ, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले अतिरिक्त क्रियाकलापहरुको निरन्तरता हुनुपर्ने धारणा राखेका थिए ।

वीआईएम कलेजसँगै होटल ह्याडआउट र पिक लेन्सको सहयोगमा आयोजित कार्यक्रमलाई सम्पन्न गर्न सोसाइटीका सदस्इहरु शितल थापा, दिब्या प्रजापति, बिक्की मिश्रा, मुस्कान सिँह राजपुत लगायतको सक्रियता रहेको थियो ।

वीरगञ्जका ६ वटा स्कुलबाट १२ जना प्रतिस्पर्धीको सहभागिता रहेको कार्यक्रममा सोसाइटीका कोषाधयक्ष आकाश दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण सोसाइटीकी सदस्य शिक्षा गुप्ताले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.