Modern technology gives us many things.

बिपी उद्यानको जग्गामा अवैध अतिक्रमण, महिनाको लाखौ रूपैया व्यक्तिको खल्तीमा

वीरगंज। बीरगंज महानगरपालिका वडा नम्बर ९ घंटाघर नजिकै रहेको बिपी उद्यानको जग्गामा संचालित रहेको तरकारी थोक तथा खुदरा बजार अहिले सम्म हट्न सकेको छैन् ।

बिपी उद्यानको जमीनमा गैर कानुनी तरिकाले संचालन गरिएको तरकारी थोक तथा खुदरा बजार महानगरपालिकाले हटाउन खोज्दा पनि हाल सम्म हटेको छैन् ।

महानगरपालिकाबाट आधिकारिक स्वीकृती नलिई अबैध तरिकाले उक्त बजार संचालन हुदै आएको छ। ।

बीरगंजको बिभिन्न संचार माध्यमले बिपी उद्यानको जग्गामा गैर काननुी तरिकाले बजार संचालन भएको समाचार समप्रेष्ण गरेपछि नगर प्रमुखले चासो देखाउनु भएको छ ।

अतिक्रमण गरिएको बिपी उद्यानको जग्गा खाली गराउनका लागी बीरगंज महानगरपालिकाले २०७८÷०९÷२५ गते च.नं. १२१८५ बाट जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै “महानगरपालिकाको स्वामित्वमा रहेको वडा नं. ९ स्थित घण्टाघरदेखि उत्तरतर्फ रहेको खाली जग्गामा अविलम्ब पार्क निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकोले सो कार्यकालागि उक्त खाली जग्गमा अनाधिकृत रुपमा व्यापार, व्यवसाय गर्दै आएका सम्पूर्ण

व्यवसायीहरू लाई जग्गा खाली गर्न पटक पटक मौखिक एवं लिखित सूचना गर्दा समेत खाली नगरेकोले अन्तिम पटकको लागि मिति २०७८ पौष १६ गतेमा ७ (सात) दिने सूचना प्रकाशित गरी सबैमा जानकारी गराउदा समेत हालसम्म खाली नगरेको पाइएकोले पौष २६ गते सोमबार बिहान ११ः०० बजे बजार खाली गराउन महानगरको प्राविधिक टोली र नगर प्रहरी जान लागेकोले सो कार्यमा शान्ति सुरक्षाकोलागि आवश्यक पहल गरिदिनु महानगरपालिकाले पठाएको पत्रमा देखिन्छ ।

सोमबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सा, पर्सा प्रहरी र बीरगंज महानगरपालिकाका कर्मचारीहरुको संयुक्त टोलीले बिपी उद्यानमा अतिक्रमण गरी तरकारी थोक तथा खुदरा बजार हटाउनका लागी डोजर पनि चलाएको हो ।

अतिक्रमण गरेर बनाएको टहरा हटाएपनि बजार भने हटन सकेको छैन् । नियम बिपरीत संचालन रहेको बिपी उद्यानको जग्गा माफियाहरुको चंगुलबाट अहिले पनि मुक्त हुन नसकेको स्पष्ट देखिएको छ ।

महानगरपालिकाले पटक पटक अतिक्रमण गरेको जमीन खाली गराउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गर्दा पनि सोमबार बिहान उक्त जग्गामा संचालित रहेको तरकारी बजार नहटनु को कारण के हो शंकाको बिषय भएको छ ।

बिपी उद्यानमा ठुलो नै चलखेल भईरहेको प्रश्न उठन थालेको छ । बिपी उद्यानमा संचालनमा रहेका तरकारी फलफुल थोक तथा खुद्रा बजारमा प्रतिदिन एउटा ब्यापारी संग नेपाली ५० रुपैया“देखि १०० रुपैया“ लिने गरेका छन् भाडामा रहेको टिनको सेठबाट प्रत्येक महिना एउटा ब्यापासी संग नेपाली रु २५ हजार महिना लिने गरेको एक ब्यवसायीले बताए ।

बिपी उद्यानबाट उठाएको रकम महानगरपालिकाको राजस्वमा खातामा नगई ब्यक्तीको खातामा जाने गरेको ती ब्यवसायीले दाबी गरे,
महानगरपालिकाले नगर क्षेत्र भित्र रहेको तरकारी, फलफुल, माछा, थोक तथा खुद्रा बजार व्यवस्थापन गर्नकालागि मीना बजारमा कम्पलेक्स उपलब्ध गराउंदा पनि माईस्थान मन्दिरदेखि उत्तर नेपाल टेलिकमसम्म सडकपेटीमा अबैध तरिकाले बजार सञ्चालन हुदा पैदल यात्रु र हलुका सवारी साधानहरुलाई आवत जावतमा कठिनाई समेत हुने गरेको छ ।

महानगरपालिकाले बिपी उद्यानको जग्गामा पार्क निर्माण कार्य गर्नु परेको हुनाले दुई चार दिन भित्र नै बजार खाली गराउने महानगरपालिका मेयर बिजय सरावगीले बताउनु भयो ।

यता बिपी उद्यानका केही बिचौलियाहरु अतिक्रमण नहटाउनका लागी न्वारणको बल लगाएको श्रोतको दाबी रहेको छ ।

Leave A Reply

Your email address will not be published.