Modern technology gives us many things.

नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट : ग्लोबल कलेज विजयी

वीरगन्ज– नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत आईतबार भएको खेलमा ग्लोबल कलेज विजयी भएको छ ।

खेलमा ग्लोबल बिजनेश कलेजले वीरगन्ज पब्लि कलेजलाई ७२ रनले पराजित गरेको हो । खेलमा ग्लोबल बिजनेश कलेजले टस जितेर ब्याटीङ गरेको थियो ।

पहिलो ब्याटीङ गरेको ग्लोबल बिजनेश कलेजले २० ओभरमा खेल्दै १ सय ४६ रन बनाएको थियो । ग्लोबल बिजनेशका मनथन साहले सर्वाधिक ३३ रन बनाए ।

२ चौका प्रहार गरेका साहले ३७ बल खेलेका थिए । यस्तै ग्लोबल बिजनेशका रन्जन साहले २१ रन जोडेका थिए । वीरगन्ज पब्लिक कलेजका महफुज आलम र आयुष सिंहले ४/४ विकेट लिएका थिए ।

१ सय ४७ रनको लक्ष्य पाएको वीरगन्ज पब्लिक कलेजले १६ ओभर खेल्दै अलआउट हुदै ७४ रन बनाएको थियो । वीरगन्ज पब्लिक कलेजका बिजय रामले सर्वाधिक १८ रन र करण पालले ११रन बनाएका थिए ।

ग्लोबल बिजनेशका सोयब अख्तर ४ विकेट र शेख ईमरानले ३ विकेट लिएका थिए । गलेबल बिजनेशका शेख ईमरान म्यान अफ दि म्याच घोषित भएका थिए ।

Leave A Reply

Your email address will not be published.