Modern technology gives us many things.

चामलको बोरा भित्र लुकाएर ल्याएको प्रतिबंधित लागुऔषध सहित एकजना पक्राउ

वीरगञ्ज, २५ पुष । चामलको बोरा भित्र लुकाएर ल्याएको प्रतिबन्धीत लागुऔषध सहित पर्सा प्रहरीले १ जनालाई वीरगंजबाट पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ अल्पाइन स्कूल सडकखण्डमा शंकास्पद अवस्थामा हिँडीरहेको पर्सा धोबिनी गाउँपालिका वडा नं.२ आशवारी बस्ने वर्ष १९ को पृथ्वी सिंह कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

सिमावर्ती शहर रक्सौलबाट पैदल आईरहेका कुर्मीले बोकेको चामलको बोरा शंका लागि चेकजाँच गर्दा प्रतिबन्धीत लागु औषध फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

डिएसपी खनालका अनुसार कुर्मीको साथबाट नुफ्रिन, डाइजीपाम र फेनारगन साढे २ सय एम्पुलका दरले ७ सय ५० एम्पुल फेला परेको छ ।

बरामद लागुऔषधसहित कुर्मीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता खनालले बताए ।

Leave A Reply

Your email address will not be published.