Modern technology gives us many things.

एमालेको जगर्नाथपुर गाउपालिका अधिवेशन सम्पन्न

तबरेज अंसारीको अध्यक्षतामा ७६ सदस्यीय कमिटी चयन

वीरगंज। नेकपा एमालेको जगर्नाथपुर गाउपालिकाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

शनिवार सम्पन्न गाउपालिका अधिवेशनले तबरेज अंसारीको अध्यक्षतामा ७६ सदस्यीय कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा रामायण प्रसाद यादव, सचिवमा बासदेव महरा, सह सचिवमा बकरिदी राउत गद्दी , हिरा साह लगायतका रहनु भएको छ ।

यसअघि नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा ईन्चार्ज प्रभु हजराले अधिवेशनको उदघाटन गर्दै आउदो निर्वाचनमा स्थानिय,प्रदेश र संघमा एमालेको सरकार बन्ने बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटाले जनता केपी ओली नेतृत्वको सरकार बनाउन आतुर रहेको बताउनु भयो ।

एमालेको बिरोधमा बनेको ५ दलिय गठबन्धनलाई जनताले तह लगाउने उहाले बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष डा.विश्वम्भर शर्मा,सचिव मनोज गुप्ता,जगर्नाथपुर गाउपालिका प्रमुख जालिम मियां , एमाले नेता मुसालिम मिया,अनुप तिवारी लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.