Modern technology gives us many things.

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै दबाब र्याली

वीरगञ्ज । वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै दबाबमुलक जुलुस प्रदर्शन गरिएको छ । 

‘मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन’,भन्दै वीरगंजमा शनिबार बृहत जुलुस प्रदर्शन भएको हो ।

स्विमिङमुलबाट निस्किएको बृहत् र्याली वीरगञ्जको आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै प्रदेश सांसद प्रह्लाद गिरीले मधेश आन्दोलनको केन्द्र वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउनु पर्नेमा जोड दिए ।

बारा, रौतहट, सर्लाहीसम्मका प्रतिनिधिको आवाज पनि वीरगञ्ज नै राजधानी हुनु पर्छ भन्नेमा रहेको भन्दै उनले वीरगञ्जलाई राजधानी नबनाइए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

कोण सभालाई सम्बोधन गर्दै युवा नेता राजेशमान सिंहले आन्दोलनका बेला नेताहरुले गरेको बाचा भुलेकाले त्यसलाई फेरि झकझकाउन आफूहरु सडकमा आउनु परेको बताए ।

वीरगञ्जले प्रदेशको मुख्यमन्त्री पाएको भए पनि उनले अहिले वीरगञ्जलाई भुलेर जनकपुरलाई प्रदेश राजधानी बनाउन लागि परेको भन्दै समयमै मान्छे चिन्न सबैलाई आग्रह गरे ।

प्रदेश सभाको समयावधी सकिनै लाग्दा बल्ल प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन थालेको हो ।

२०७२ को ६ महिनासम्म चलेको मधेश आन्दोलनका बेला नेताहरुले वीरगञ्जलाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए ।

तर अहिले वीरगञ्जलाई उपेक्षा गर्दै प्रदेश राजधानी नबनाउने षड्यन्त्र गरेपछि यस क्षेत्रका नागरिक असन्तुष्ट बनेका छन् ।

Leave A Reply

Your email address will not be published.