Modern technology gives us many things.

प्रेस चौतारी पर्साको पहिलो बैठक सम्पन्न, पुरस्कारका लागि पत्रकार महासंघले उपयुक्त पात्र छनौट गरेकोमा धन्यवाद व्यक्त

वीरगंज, २२ पुस । प्रेस चौतारी नेपाल पर्साको पहिलो बैठक बिहीबार शाखा अध्यक्ष श्याम बन्जारको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकले बिभिन्न महत्तवपुर्ण निर्णयहरु गरेको उपाध्यक्ष तुलसी भंडारीले जानकारी दिनु भयो ।

बैठकले नेपाल पत्रकार महासंघले पछिल्लो समय स्व.गोपाल गिरी स्मृति कृयाशिल पत्रकारीता पुरस्कारका लागि पर्साका व्यवसायीक पत्रकारिता गरिरहेका पत्रकार प्रताप श्रेष्ठ र तुलसी भंडारीलाई दिने निर्णय गरेकोमा उपयुक्त पात्र छनौट गरेकोमा नेपाल पत्रकार महासंघलाई धन्यवाद ज्ञापन गरेको छ । 

त्यस्तै प्रेस चौतारी नेपालको पाचौ अधिवेसन सफल गर्ने भुमिका निर्वाह गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

पहिलो बैठकले कार्य समितिमा आनन्द पटेल, राजन रौनियार, पन्नालाल साह, अख्लिेश साह र उर्मिला सापकोटालाई मनोनित गर्दै सचिवालयमा नेहाल खान, नितेश कर्ण, प्रकास तिवारी तथा राजन रौनियारलाई समावेस गरेको छ ।

त्यस्तै प्रेस चौतारी नेपालको छौठौ माहाधिवसन सफल बनाउन आवश्यक पर्ने सबै तयारी गर्न सचिवालयलाई जिमेवारी दिने निर्णय गरेको छ ।

यसका साथै पर्सा शाखाको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्ने पनि सचिवालयलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकमा सल्लाहाकार मनोज मिश्र, प्रताप श्रेष्ठ, प्रदेश प्रतिनिधि ज्ञासु मिया, सफल खतिवडा, आमन्त्रित सदस्य सन्तोष यादव, प्रणय साह लगायतको उपस्थीति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.