Modern technology gives us many things.

नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट, सत्यम र त्रिजुद्ध विजयी

वीरगन्ज– नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत सोमबार भएका दुईवटा खेलमा सत्यम कलेज र त्रिजुद्ध कलेज विजयी भएका छन् ।

सत्यमले नेशनल कलेज र त्रिजुद्धले ज्ञानडा एकाडेमीलाई पराजित गरेको हो । पहिलो खेलमा सत्यम कलेजले टस जितेर नेशनल एकाडेमी कलेजलाई ब्याटीङ गर्न निम्तो दिएको थियो ।

सत्यमका बलरहरुका अगाडि नेशनलका ब्याट्सम्यानहरु निरीह देखिएका थिए । निर्धारित २० ओभरको खेलमा नेशनलको टोली १३.५ ओभरमै ६२ रनमा अलआउट भएको थियो ।

आरिफ एकबालले सर्वाधिक १२ रन बनाए । सत्यमका सलमान आलमले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट हासिल गरेका थिए । ६३ रनको लक्ष्य सत्यमका ब्याट्सम्यानहरुले ९.५ ओभरमै हासिल गरेका थिए ।

सत्यमका सलमान आलमले ४० रनको सानदार पारि खेलेका थिए । अलराउन्ड प्रदर्शन गरेका सलमान म्यान अफ दि म्याच घोषित भएका थिए । 

सोमबार भएको दोस्रो खेलमा त्रिजुद्ध कलेजले ज्ञानडा एकाडेमीलाई ९१ रनले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटीङ गरेको त्रिजुद्ध कलेजले २० ओभरमा ७ विकेट गुमाएर २ सय सात रनको योगफल खडा गरेको थियो । त्रिजुद्धका रासिद खानले ४७ बलमा अविजित ८१ रनको सानदार पारि खेलेका थिए ।

यसैगरि प्रेम साहले ३८ र तवरेज आलमले ३२ रन बनाएका थिए । ज्ञानडाका कश्यप टिब्रेवाल र दिशान्त चौरसियाले २/२ विकेट लिएका थिए ।

२०८ रनको लक्ष्य पाएको ज्ञानडा एकाडेमीका ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाई एक सय १६ रन मात्र जोड्न सकेका थिए ।

ज्ञानडाका युवराज सर्राफले २८ र तोलाराम जाटियाले २६ रन बनाएका थिए । त्रिजुद्धका नवल रायले २ विकेट लिन सफल भएका थिए ।

त्रिजुद्धका रासिद खान म्यान अफ दि म्याच घोषित भएका थिए ।

Leave A Reply

Your email address will not be published.