Modern technology gives us many things.

६५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्रीसहित ट्रक र चालक प्रहरी नियन्त्रणमा

वीरगञ्ज, १८ पुष । पर्सा प्रहरीले लाखौँ रुपैयाँ मूल्य बराबरको अवैध सामग्रीसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले ६५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्रीसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले वीरगञ्जबाट पोखर तर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको मालबाहक ट्रकलाई घण्टाघर नजिकै रोकेर चेकजाँच गर्दा ट्रकमा बिल बिजकभन्दा बढी मूल्य बराबरको खुद्रा सामाग्री तथा औषधी लोड गरिएको भेटेको थियो ।

बिलविजक नभएको कारण ट्रकमा लोड सामग्रीहरु भन्सार छलेर ल्याइएको पुष्ठि भएपछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

डिएसपी खनालका अनुसार पक्राउ पर्नेमा ट्रकका चालक चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ निवासी ३२ वर्षीय सुरेश कुमार लामा रहेका छन् ।

लामाविरुद्ध प्रहरीले राजस्व छली सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरिरहेको छ । त्यसैगरी बरामद सामाग्रीको ६५ लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी खनालले जानकारी दिए ।

केहि दिन अगाडी मात्रै पर्सा प्रहरीले वीरगञ्जबाट पोखर तर्फ जाँदै गरेको मालवाहक ट्रकबाट ६० लाख रुपैयाँ बराबरको भन्सार छली र बिलविजक नभएको सामग्री जफत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.