Modern technology gives us many things.

पर्सामा प्रहरी उपरीक्षक बस्नेत आएपछि २८ दिनमा डेढ करोड राजस्व दाखिला

वीरगञ्ज, ११ पुष । जिल्ला प्रहरी कार्यालय पर्साले २८ दिनको अवधिमा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले रमेश कुमार बस्नेतलाई पर्साको प्रमुख प्रहरी उपरीक्षकमा सरुवा गरेयता राजस्व संकलनमा उल्लेख्य बृद्धि भएको हो ।

मंसिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा आएका बस्नेत नेतृत्वमा खटिएको टोलीले थोरै समयमा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको हो ।

मंसिर महिनामा १ करोड १३ लाख ७० हजार ९ सय ३७ रुपैयाँ र पुष महिनाको १० गतेसम्मको अवधिमा ३४ लाख १७ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीका सामाग्री प्रहरीले बरामद गरेको छ ।

प्रहरी उपरीक्षक बस्नेतले मंसिर महिनाको १२ गतेदेखि पुष १० गतेसम्मको अवधिमा जम्मा १ करोड ४७ लाख ८८ हजार ७ सय ३७ रुपैयाँ राजस्व दाखिला गरेका छन् ।

वीरगञ्जका विभिन्न स्थानहरुबाट चोरी पैठारी, गरी अवैध तरिकारले भन्सार छली ल्याउने क्रममा प्रहरीले सो मूल्य बराबरको सामाग्री बरामद गरेर थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको हो ।

सोही अवधिमा स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

विभिन्न मुद्धामा फरार रहेका ७ जना फरार प्रतिवादीलाईसमेत पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक बस्नेतको भनाई छ ।

७ जना फरार प्रतिवादीहरुबाट जरिवानास्वरुप १ लाख ७५ हजार ५ सय ९९ रुपैया संकलन भएको पनि बस्नेतले जानकारी दिए ।

वीरगञ्ज भन्सारका अनुसार पर्सा प्रहरीले लक्ष्य भन्दा बढी राजस्व दाखिला गरेको छ ।

जिल्लावासीलाई शान्ति सुरक्षाको अनुभती गराउनु नै पहिलो प्राथमिकता भएको बताउँदै प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पुर्ण मातहतका युनिटहरुलाई आग्रह गरेका छन् ।

साथै आफ्नो दायित्व बोध नगर्ने प्रहरीलाई कारवाहीको दायरामा ल्याउने पनि उनले चोवनी दिए ।

Leave A Reply

Your email address will not be published.