Modern technology gives us many things.

प्रहरी उपरीक्षक बस्नेत एक्शनमा : भन्सार छलीका २५ लाख मूल्य बराबरको सामाग्री बरामद

वीरगञ्ज, १० पुष । पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत एक्शनमा आउदा अवैध रूपमा कारोबार गर्नेहरूको होस-हवास गायव भएको छ ।

अवैध रूपमा भन्सार छली भित्रयाईएको २५ लाख मूल्य बराबरको सामाग्रीसहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघर सडकखण्डमा चेकजाँचको क्रममा ना.३ ख ७४८ नम्बरको मालवाहक मिनी ट्रकले सामाग्रीको बिलबिजक देखाउन नसकेपछि सामाग्रीसहित मिनी ट्रक नियन्त्रणमा लिइएको हो ।

लत्ताकपडा तथा खुद्रा सामाग्रीसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३७ वर्षीय (चालक) प्रेम बहादुर स्याङ्बो तामाङ्लाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.