वीरगंज। पालिका स्तरिय प्रतियोगितामा लगातार दोश्रो विजय प्राप्त गरेकोमा कालिकामाई गाउपालिकाको क्रिकेट टिमलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
कालिकामाई गाउपालिकाले आफनो क्रिकेट खेलाडीहरुको मनोबल अझै उच्च बनाउन सम्मान गरेको हो ।
पोखरिया मेयर कप तथा धोबनी गाउपालिकाको प्रतियोगितामा शानदार बिजयी भएको कालिकामाई टिमलाई शनिवार बीरगन्जको होटल पुजनमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
कालिकामाईको क्रिकेट टिमलाई आवश्यक खेल सामग्री प्रदान गर्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह, वडा अध्यक्ष पवन तिवारी, संजय पटेल, सोनालाल चौरसिया लगायतकाले खेलाडीहरुको प्रसंशा गरेका थिए ।
खेलाडीहरुलाई खेल क्षमता बढाउन अझै प्रयास गर्न र आवश्यक सहयोग पालिका मार्फत पुर्ती गर्ने कार्यक्रममा उपस्थित जनप्रतिनिधीले आग्रह गरेका थिए ।
कार्यक्रममा कालिकामाई किक्रेट टिमलाई बैट, विकेट, ड्रेस, बाल, र प्रमाण पत्र वितरण गरिएको थियो ।