Modern technology gives us many things.

चौतारी अधिबेशन पुष २४ मा हुने सदस्यता बितरण, नबिकरण र सुदृढीकरण शुरु

वीरगञ्ज । प्रेस चौतारी नेपाल पर्सा शाखाको पाँचौ जिल्ला अधिबेशन आगामी पुष महिनाको २४ गते बीरगंजमा हुने भएको छ ।

आज अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले यस बीचमा सदस्यता नबिकरण, बितरण र संगठन सुदृढीकरणलाई अभियानको रुपमा अघि बढाउने निर्णय समेत गरेको छ ।

बैठकले अधिबेशनको अवसरमा पर्साको पुरना र चौतारीका पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले अध्यक्ष श्याम बन्जाराको संयोजकत्वमा सचिबालय रहेको मुल ब्यबस्थापन समिती समेत गठन गरिएको छ ।

बैठकमा चौतारीका केन्द्रीय नेताहरु महेश दास, केसी लामिछाने, महेश चन्द्र गौतम किरण राज पाण्डे, सल्लाहाकारहरु कार्यसमितीका पदाधीकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

बैठकमा अनुप तिवारी, तुलसी भण्डारी, सञ्जिव मिश्र, भूषण यादब, जितेन्द्र साह, सदाब समानी, नेहाल खान, निरन्जन मिश्र, श्याम कुशवाहा, एसके चौरसिया, सफल खतिवडा, तिवारी यादव, बिकास साह, कन्हैया गुुप्ता, आसिक अन्सारी, कबिता खड्का, जियालाल साह, ग्यासुमियाँ, आनन्द पटेल, उत्तम खड्गी, राकेश साह, लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.