Modern technology gives us many things.

पर्सा प्रहरीद्वारा ११ बिघामा लगाइएको गाँजा खेती फँडानी गरी नष्ट

वीरगञ्ज, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले ११ बिघा क्षेत्रफलको खेतमा लगाइएको अवैध गाँजा फँडानी गरेको छ ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ स्थित खेतमा लगाइएको गाँजा खेती ईलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायव निरीक्षक राजाबाबु यादवको नेतृत्वमा खटिएको टोलीले नष्ट गरेको हो ।

ग्रामिण क्षेत्रमा गाँजा खेती पुनः फस्टाउँदै गएको र अवैध रुपमा गााजा खेती गरीरहेको सुराकीका आधारमा प्रहरी त्याँहा पुगेको हो ।

गाँजा खेतीमा संलग्न व्यक्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

Leave A Reply

Your email address will not be published.