Modern technology gives us many things.

रेडियो बीरगन्जले १९ औं बार्षिक उत्सवको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गर्ने

वीरगंज,१५ मंसिर । रेडियो बीरगन्ज ९९ मेगाहर्जले आफ्नो १९ औं बार्षिक उत्सवको अवसरमा सताव्यापी कार्यक्रमको आयोजना गरिने जनाएको छ ।

रेडियो परिसरमा बुधवार आयोजित पत्रकार सम्मेलनमा पर्सा एफ.एम. प्रा.लि.का कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखी बार्षिक उत्सवको अवसरमा अन्य कार्यक्रमको पनि आयोजना गर्ने बताए ।

रेडियोले मंसिर १८ गते देखि २७ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गर्ने कार्य सूची तयार गरेको साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कार्यक्रम अन्तर्गत १८ गते रेडियो परिसरमा बृहत रक्तदान कार्यक्रम,२५ गते आदर्श नगर बीरगन्जमा बृहत सांस्कृतिक कार्यक्रम तथा २७ गते बीरगन्ज टिभीको नियमित प्रसारण लगायतको कार्यक्रम आयोजना गर्ने अध्यक्ष साहले बताए ।

२५ गते आयोजना हुने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तथा कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने पत्रकार सम्मेलनमा साहले जनाकारी दिए ।

संस्कृति कार्यक्रममा नेपालका चर्चित गायक हेमन्त शर्मा, प्रकाश सपुत, अमिस्ता अधिकारी, एलिना चौहान, कमल खत्री, संजु अमात्य, सुनिल पंडित, कमेडियन सुबोध गुप्ता तथा कलिउड डाण्स ग्रुप हेटौडाका कलाकारहरुले प्रस्तुती दिने कार्यक्रममा तय भएको रेडियोका अध्यक्ष साहले बताए ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ पर्साका सल्लाहाकार रितेश त्रिपाठी,समुदायिक प्रहरीका राम शर्राफ,कान्तिपुरकर्मी पंकज श्रेष्ठ,आरके पटेल,जसपाका बीरगन्ज महानगर अध्यक्ष ईश्वचन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण रेडियो बीरगन्जका समाचार बाचक एवम् प्रस्तोता उज्जवल घिमिरेले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.