Modern technology gives us many things.

शान्ती सुरक्षाको मामिलामा कसै संग सम्झौता नगर्ने – प्रहरी उपरीक्षक बस्नेत

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले अपराधीक क्रियाकलापको नियन्त्रणमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महानगरिय परिसर काठमाण्डौबाट सरुवा भएर पर्सा जिल्लामा आएका एसपी बस्नेतले आइतवार सञ्चारर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा अमनचयन कायम गर्नुका साथै अपराधन अनुसन्धानमा दृढताका साथ लाग्ने बताए ।

बुधवारदेखि पर्सा जिल्लाको प्रमुख प्रहरी उपरीक्षकको कार्यभार सम्हालेका एसपी बस्नेतले जिल्ला मातहतका ७१ वटा युनिटलाई अँझै सक्रिय बनाएर गस्ति विस्तार गर्ने र शान्ती सुरक्षाको मामिलामा सम्झौता नगर्ने अडान राखेका छन् ।

छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरुको सहयोग प्राप्त हुने एसपी बस्नेतको विश्वास छ ।

परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले पर्सा जिल्लामा पत्रकारहरुको तर्फबाट एसपी बस्नेतलाई स्वागत गर्दै यहाँको बसाई उपलब्धीमुलक एवम् फलदायी होस् भन्ने कामना गरेका छन् ।

साथै सिमा क्षेत्रमा सर्वसाधारणलाई दिइने सास्तीमा गम्भिर भएर लाग्न पनि सचिव चौहानले अपिल गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपत तिवारी लगायत राष्ट्रिय एवम् स्थानीयस्तरका सञ्चार संस्थाहरुमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.