Modern technology gives us many things.

सांसद यादवद्वारा इनर्वामा आयोजित दुई दिने कुस्ती प्रतियोगिताको उद्घाटन

कुस्तीले नेपाल-भारत विचको सम्बन्ध थप प्रगाढ बनाउछ : सांसद यादव

वीरगञ्ज २५ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनार्वाद्वारा आयोजित विराट(दंगल) कुस्ती प्रतियोगिताको पर्सा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवले उद्घाटन गरेका छन् ।

छठ पूजाको अन्तिम दिन अर्थात पर्नाको अवसरमा प्रत्येक वर्ष आयोजना हुने दुई दिने कुस्ती प्रतियोगिताको संसद यादवले उद्घाटन गरेका हुन् ।

हजारौं दर्शकको उपस्थितिमा हुने प्रतियोगिताको उद्घाटन गर्दै सांसद यादवले कुस्ती जोश र उमंगको खेल भएको बताए ।

नेपाल र भारत दुवै देशका प्रतिष्पर्धी (पहलवान) हरु सहभागी हुनलागेको प्रतियोगिताले दुई देश बीचमा रहेको पौराणिक र सांस्कृतीक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने धारणा व्यक्त गरे ।

यस्ता प्रतियोगिता र प्रयासहरुले नेपाल भारत विचको सम्बन्धलाई थप अटुट बनाउन सहयोग गर्ने बताउँदै सांसद यादवले यसलाई खलबलाउन असम्भव भएको जिकिर गरे ।

‘दुवै देशको सम्बन्ध राजनीतिक र कुटनीतिक नभएर सांस्कृतीक, पार्म्परिक र पारिवारिक हो,’ उनले भने, ‘यसलाई तोड्न र यसलाई कम्जोर बनाउन हरेक प्रयास असफल हुन्छ । यस्ता प्रतियोगिता यसको उदाहरण हुन् ।’

सांसद यादवले प्रतियोगितामा सहभागी पहलवानहरुलाई कुस्ती खेलको सम्मान गर्दै इमान्दारिताका साथ् दर्शकको भावनालाई बुझेर सही र पारदर्शी ढंगले लडाई लड्न सुझाव समेत दिएका थिए । उनले उपस्थिति सबैमा छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा ५० महिला प्रतिष्पर्धीसमेतको सहभागितामा ३ सय जोडी कुस्तीको खेल हुने आयोजकले जनाएका छन् । आयोजकका अनुसार आज पहिलो दिन नेपाल–भारतका प्रसिद्ध कुस्तीवाजहरुको लडाइ हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पंजाव, हरियाणा, दिल्ली, बिहारल गायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरुले सहभागिता जनाएका छन् ।

मदन यादवको अध्यक्षतामा आयोजित प्रतियोगितामा विशिष्ठ अतिथिका रुपमा प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्द अन्सारी, लोसपाका नेता राजेश मान सिंह, जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज नगर अध्यक्ष ईश्वर चन्द यादव, वीरगञ्ज माहानगरका कार्यपालिका सदस्य अजय सर्राफ, जसपा जिल्ला सदस्य लालदेव यादव, दंगलका प्रमुख सल्लहाकार पलकधारी यादव, प्रमोद प्रसाद यादवलगायत नेता एवं समाजसेवीहरूको विशेष उपस्थती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.