Modern technology gives us many things.

वीरगञ्ज मुर्ली छठघाटको तयारी तिब्र, भव्य बनाउन स्थानीय जुटे

बीरगंज । तिहार सकिएसँगै तराई मधेशका विभिन्न ठाउँहरुमा छठ पर्वको तयारी शुरु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली स्थित मुर्ली पोखरी किनारमा छठ पर्वको पुजाको लागी यहा स्थीत रहेको पोखरीलाई भव्यरुपमा सजाइएको छ ।

त्यसैगरी बिरगंजको घडिअर्वा, रानीघाट, छपकैया, नगवा, श्रीपुर, लक्षुमनवा, पिपरा लगाएतका ठाउहरुमा रहेको पोखरीका किनारहरुलाई भव्यरुपमा सजाउन स्थानीय जुटेका छन ।

मुर्ली छठघाटलाई भव्य र आकर्षक बनाउन छठघाट किनार साईडमा झिलीमिली बत्ती लगाएत अन्य सजावटका समाग्रीहरु सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ ।

गत वर्ष कोरोनाका कारण छठ पूजा बढी धूमधामले गरिएको थिएन भने यस पालि अलि स्तिथि साम्य भएपछि धूमधामका साथ छठ पूजा गर्न लागिएको छ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुका साथै मनको कामना समेत पुर्ण हुने हुनाले छठीमाताको ब्रत गरिने छठ ब्रतालुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.