Modern technology gives us many things.

आस्था र विश्वासको पर्व छठ आजबाट सुरु, आज नहाय खाय

बीरगंज । भगवान सूर्यको पूजा आराधना गरिने तराई मधेशको सबैभन्दा ठुलो पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ।

कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ आजबाट सुरु भएको हो । आज कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई शुद्धीकरण गरी घरआँगन चोख्याउने गरेसँगै छठ सुरु भएको छ।

आज नहायखाय गरेर चोखिने र मंगलबार खरना पूजा गरिनेछ भने पूजाको मुख्य दिन साँझियाँ घाट बुधबार मनाइँदैछ। धार्मिक मान्यताअनुसार खरनाकै दिन छठ पूजाको पहिलो दिन मानिन्छ । साँझियाँ घाट कात्तिक शुक्ल षष्ठीमा मनाइन्छ।

साँझियाँ घाटको पूजामा व्रतालुहरू तयार पारिएको पूजा सामग्री डालोमा राखेर परिवारको सबै सदस्यसहित नदी,तलाउ,पोखरीलगायत स्थानमा पुगेर किनारमा मिलेर छठी माता र सूर्य देवको भजनकीर्तन गरी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाउने गरिन्छ।छठ पर्वमा भगवान सूर्यलाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । यो पर्व एकपल्ट सुरु गरेपछि हरेक वर्ष गर्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.