Modern technology gives us many things.

स्व. रामानन्द गुप्ताको सम्झनामा बीरगंजमा श्रद्धान्जली सभा सम्पन्न

वीरगंज। नेपाल पत्रकार महासंघ प्रदेश २ का बरिष्ठ उपध्यक्ष स्व.रामानन्द गुप्ताको स्मृतिमा बीरगंजमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।

स्व.गुप्ताको कार्तिक ३ गते मस्तिष्कघातका कारण निधन भएको थियो ।

सप्तरी जिल्लाको लाहानमा रहेर पत्रकारिता गर्नु भएका गुप्ता प्रदेश २ कै अग्रज पत्रकार मध्यका एक हुनुहुन्थ्यो ।

०४६ भन्दा अगाडि देखी पत्रकारितामा सक्रिय गुप्ताले सुरुची साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचार पत्र लगायतका बिभिन्न संचार माध्यमका लागि सिराहबाट समाचार लेख्नु भएको थियो ।

५९ वर्षको उमेर सक्रिय पत्रकारिता गर्दै गर्दा उहाँले मृत्युवरण गर्नु भयो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले गुप्ता जी जस्तो पाको र परिपक्व पत्रकारको अवसानले नेपाल पत्रकार महासंघलाई गम्भिर क्षती पुगेको बताए ।

प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले स्व.गुप्तासंग आफना अन्तरंग कुराहरुको स्मरण गरे ।

पत्रकार महासंघको उपाध्यक्षमा निर्वाचन जित्नु भएका गुप्ताले प्रेस काउन्सिल पत्रकारिता पुरस्कार समेत पाउनु भएको थियो शेखले यि सबै प्रसंगहरुमा गुप्ता र आफूवीच भएको अन्तरगं छलफल बारे चर्चा गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले स्व . गुप्ताले श्रमजीवी पत्रकार र पत्रकार महासंघको संस्थागत बिकासकालागि देखेका सपना बाँचेकाहरुले पुरा गर्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास , नेशलन युनियन अफ जर्नालिस्ट रक्सौल प्रखण्डका बिपिन कुशवाहा , केन्द्रीय प्रतिनिधि परिषदका सदस्य महेशचन्द्र गौतम र तुलसी भण्डारी प्रदेश सदस्य त्रिलोकी यादव लगायतले स्व. गुप्ताको योगदनाको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.