Modern technology gives us many things.

बीरगन्ज मेघा कलेजको वार्षिकोत्सव तथा स्वागत कार्यक्रम सम्पन्न

बीरगन्ज । मेघा कलेज (बीएमसी)को पहिलो वार्षिक उत्सव तथा स्वागत कार्यक्रम शुक्रवार एक समारोहका बीच सम्पन्न भएको छ ।

बीरगन्ज नगरसभा गृहमा सम्पन्न भएको वार्षिकोत्सव तथा स्वागत कार्यक्रममा एसइई उत्रिण विधार्थीहरुलाई स्वागत गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका वक्ता तथा प्रध्यापकहरुले विधार्थीहरुलाई सफल र सक्षमहुन विविध अनुभव तथा सुझाव प्रस्तुत गर्नु भएको थियो ।

कलेजका निर्देशक समाजसेवी शम्भु गुप्ताको अध्यक्षतामा भएको समारोहको प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले विधार्थीहरुलाई कामयाब भन्दापनि विषयको दक्षताकासाथै असल र काबील बन्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश चौरसियाले बीरगन्ज मेघा कलेज विभिन्न क्षेत्रमा सफल हुदै शम्भु गुप्ताको अगुवाईमा रहेको एक कुशल संचालक टिमबाट संचालित रहेकोले विधार्थीहरु त्यसबाट लाभान्वीत हुनेमा विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा कलेजका प्रमुख दिपेन्द्र साह कानु, प्रध्यापक रुदल ठाकुर , मुस्तुफा अंसारी , विश्वप्रताप साह, गुड्डु साह, मेनका ठाकुर, पल्भी हरलालका , धनबहादुर थापा, रामरेखा पटेल, माधव भिमिरे, राम पाण्डे लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा कलेजका विधार्थीहरुबाट विभिन्न संस्कृती तथा कलामा कार्यक्रम प्रस्तुत भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै कलेजका निर्देशक शम्भु गुप्ताले विधार्थीहरुलाई दिपावली तथा छठको शुभकामना दिदै राम्रो शैक्षिक माहौलमा अध्यन गर्दै असल व्यक्ति हुन सबै छात्र छात्राहरुलाई शुभकामना दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.