Modern technology gives us many things.

बीरगन्जमा दाहसंस्कार गर्न लागिएको युवतीको शव प्रहरी नियन्त्रणमा

बीरगंज । वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ ।

प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

जबरजस्ती करणी गर्ने क्रममा अत्यधिक रक्तश्राव भई १४ वर्षीया किशोरीको मृत्यु भएको र घटना लुकाउन शवलाई गाड्न थालिएको सूचनाको आधारमा प्रहरीले बिहीबार साँझ युवतीको शव नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जनाए ।

भारत विहारको पश्चिमी चम्पारणस्थित इनर्वा निवासी ती किशोरी जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर आएकी थिइन् ।

‘जबरजस्ती करणी भई अत्यधिक रक्तस्राव भएपछि उपचारका क्रममा युवतीको मृत्यु भएको खबर आयो,’ एसपी पाण्डेले भने, ‘घटना लुकाउन शव गाड्न लाग्दा प्रहरी पुगेको थियो, किशोरी घाँटीमा समेत डाम देखिएको छ ।

रक्तस्रावको कारण थप अनुसन्धानबाट पुष्टि हुन्छ ।’एसपी पाण्डेका अनुसार मृतक किशोरी जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँको कान्छा छोराका साली हुन् ।

‘वीरगन्जको मुर्लीस्थित घरमा युवतीको शव राखिएको छ भन्ने सुरुवाति सूचना आएको थियो,’ एसपी पाण्डेले भने, ‘प्रहरी घरमा पुग्दा महिलाहरु मात्र थिए, त्यसपछि मुस्लिम समुदायको दाहसंस्कार गर्ने स्थलहरुमा प्रहरीले खोजबिन सुरु गरेको थियो ।

’खोजबिनकै क्रममा मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा युवतीको शव गाड्न थालिएको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिएको एसपी पाण्डेले बताए ।

अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । युवतीका भिनाजु फरार रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.