Modern technology gives us many things.

प्रदिप यादवलाई मन्त्री नबनाएकाे आक्रोश बीरगञ्जमा, उपेन्द्र यादवको पुतला दहन

बीरगञ्ज २२ असोज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री नबनाएकाे आक्राेशमा बीरगञ्जमा प्रदर्शन भएकाे छ ।

सांसद यादवका समर्थकहरुले बीरगञ्जकाे घण्टाघरमा जसपाका अध्यक्ष उपेन्द्र यादवकाे पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले पर्सा जिल्लालाई घात गर्न पाइदैन् , उपेन्द्र यादव मुर्दाबाद, काला नाग मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

कुन्दन कुमार सिंहको नैतृत्वमा भएकाे प्रदर्शनमा जसपाका बीरगञ्ज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका बीरगञ्ज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि, मनाेज यादव लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.