Modern technology gives us many things.

नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयको अध्यक्षमा जैन

वीरगन्ज– काठमाडौको पशुपति क्षेत्रमा रहेको नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयको अध्यक्षमा विश्वकरण जैन नियुक्त भएका छन् ।

वैदिक शिक्षाको प्रवर्धनका लागि तत्कालिन राजा महेन्द्रको सत्सङ्गल्प अनुरुप पवित्र पशुपति क्षेत्रमा वि.सं.२०२६ सालदेखि निर्माण कार्यको थालनी भई २०३१ सालमा स्थापित संस्कृति विद्यालयमा वेद, वेदाङ्गादि पूर्वीय दर्शन एवं धर्म संस्कृतिसंग सम्वद्ध विषयहरुको अध्ययन अध्यापन हुदै आएको छ ।

भारतवर्षको समृद्ध परम्पराको संरक्षण र प्रवर्धनमा क्रियाशील उक्त विद्यालयले अनेकौ शैक्षिक विद्यामा आफ्नो उपस्थिती जनाई उल्लेख्य योगदान गरिरहेको छ ।

स्थापनाकालमा गुठी संस्थान र २०५६ देखि पशुपति क्षेत्र विकास कोषले सञ्चालन गरिरहेको त्यस गुरुकुलमा हाल कक्षा ४ देखि १२ सम्म गरी देशभरका २५० भन्दा बढी विद्यार्थी बटुकहरु अध्ययनरत छन् ।

वीरगन्जका उद्योगी जैन पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य समेत हुन् ।

विद्यालयको समग्र व्यवस्थापनका लागि अध्यक्ष जैनको कार्यकाल स्मरणीय एवं ऐतिहासिक सावित हुनेछ भन्ने अपेक्षा लिएको प्रद्यानाध्यापक विष्णुप्रसाद पोखरेलले जनाए ।

Leave A Reply

Your email address will not be published.