Modern technology gives us many things.

यात्रु सहायता कक्ष र स्वास्थ्य शिविर कार्यक्रमको उद्घघाटन

वीरगंज,१७ असोज । ६६ औं प्रहरी दिवस २०७८ तथा वडा दशै, शुभ दिपावली र छठ पर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष संचालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा वीरगंजको बसपार्कमा आज देखी यात्रु सहायता कक्ष तथा एक दिने स्वास्थ्य शिविर कार्यक्रमको उद्घघाटन गरिएको हो ।

कार्यक्रमको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल ज्यू, २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथ्लैया बाराका प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ र पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले संयुक्त रुपमा यात्रु सहायता कक्ष र स्वास्थ्य शिविरको उद्घघाटन गर्नु भएको थियो ।

कार्यक्रममा वक्ताहरूले यात्रु सहायता कक्ष संचालनमा आएपछी चाडपर्वको समयमा यात्रा गर्ने आम नागरिकलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

साथै तपाईको माक्स खोई कार्यक्रम अन्तर्गत ४ सय थान माक्स वितरण गर्नुको साथै यात्रुबाहक सवारी साधनको अनुगमन समेत गरिएको थियो ।

कार्यक्रममा चण्डी प्रसाद गणका निमित्त गणपति,राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख,सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु, यातायात व्यवसायी तथा मजदुरहरू लगायत २ सय जनाको उपस्थिति रहेको उक्त शिविरमा १५० जना चालक/सहचालकहरुको स्वास्थ र आंखा चेक जाँच गरिएको थियो।

Leave A Reply

Your email address will not be published.