Modern technology gives us many things.

अध्यक्ष गुप्तालाई फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीद्वारा मानार्थ विद्यावारिधी प्रदान

वीरगञ्ज १३ असोज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्तालाई फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले मानार्थ विद्यावारिधी प्रदान गरेको छ ।

सो युनिभर्सिटीले उनलाई मंगलवार दुबईमा सो पद्वी प्रदान गरेको हो । गुप्तालाई ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्टअन्तर्गत सामाजिक, व्यावसायिक र आर्थिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो विद्यावारिधी दिइएको युनिभर्सिटीका ग्लोबल प्रोमोटर अजय देसाइले बताएका छन् ।

सन् २००४ देखि संघमा सक्रिय रहेका गुप्ता अहिले नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बैंकिङ, फाइनान्स र बीमा समितिका सहसंयोजक र नेपाल चामल, दाल र तेल उद्योग संघका अध्यक्ष पनि छन् ।

औद्योगिक तथा व्यापारिक समूह मोहित ग्रुपमा प्रबन्ध निर्देशक रहेका गुप्ता नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २, वीरगञ्जको रेलवे मावि र नेपाल रेडक्रस सोसाइटी पर्साका सल्लाहकार पनि हुन् ।

Leave A Reply

Your email address will not be published.