Modern technology gives us many things.

प्रदेश सरकार भ्रष्टाचारमा लिप्त : प्रदेश सांसद गिरी 

वीरगञ्ज – प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य प्रह्लाद गिरीले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन । 

लोकतान्त्रिक समाजवादी पार्टीको वीरगञ्ज महानगरस्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै मधेसको शिक्षा, स्वास्थ्यको अवस्था अहिले झनै विग्रिएको बताए ।

उपेन्द्र यादवलाई इंगित गर्दै प्रदेश सांसद गिरीले मधेस र मधेसीको अधिकारमा कुठाराघात गर्दै २ करोडको पजेरो चढ्ने व्यक्तिले समाजवादको कुरा गर्नु फेरि पनि मधेसी नागरिकको अधिकारमाथि कुठाराघात गर्ने षड्यन्त्र भएको बताए ।

कार्यक्रममा पार्टीका नेता राजेशमान सिंहले युवाहरुले नै देश बदल्ने क्षमता राख्ने भन्दै आउँदो निर्वाचनमा त्यो क्षमता देखाउनुपर्नेमा जोड दिए ।

निर्वाचन केन्द्रित कार्यक्रममा लाग्न निर्देशन दिँदै उनले महानगरका हरेक वडामा समिति विस्तार गर्न आग्रह गरे ।

यस्तै नेता शशीकपुर मियाँले वीरगञ्ज महानगरपालिका व्यापारिको हातमा सुम्पनु दुर्भाग्य भएको भन्दै अहिले यहाँका नागरिकहरु ठगिएको बताए ।

कार्यक्रममा नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, वडाअध्यक्ष बैजुलाल स्वर्णकार, संतोष तिवारी, रेयाज मियाँ, मिनु ठाकुर, सुजित गिरी, माया गुप्ता लगायतले सम्बोधन गरेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीको युवा नगर अध्यक्ष राजु गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन उमेशलाल सहनीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.