Modern technology gives us many things.

वीरगञ्जबाट लागुऔषध सहित ४ जना पक्राउ

वीरगञ्ज ७ असोज । पर्सा प्रहरीले दुई दिनको अन्तरालमा लागूऔषध सहित वीरगञ्जबाट ४ जनालाई पक्राउ गरेको छ ।

पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर बुधबार दिउँसो २ बजे चेकजाँच गर्दा निजहरूले बोकेको रसभरीको डब्बा भित्रबाट लागू औषध सय एमएलको विनरेक्स सिरप १२० थान बरामद भएको थियो ।

पक्राउ पर्नेमा बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपाली छन ।

यसअघि हिजो वीरगञ्ज वडा नम्बर १६ शंकर आचार्य गेटबाट लागू औषध ब्यूरो टोलीले पैदल हिडिरहेका सर्लाही लालबन्दीका सुरज पासवान र कञ्चनपुर भीमदत्त नगरपालिका बस्ने वर्ष २१ को लक्ष्मण विष्टबाट ३।४० ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.