Modern technology gives us many things.

प्रहरी सहायक निरीक्षक सिंहको सक्रियताले अमरपट्टीका स्थानीय शान्ति सुरक्षा महसूस गर्दै

वीरगंज, २ असोज। पर्साको अमरपट्टी चौकीको सक्रियताले अमरपट्टीका स्थानीय शान्ति सुरक्षा महसूस गरिरहेका छन।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रांचको जिम्मेवारी सम्हालेर केहि हप्ता अगाडी प्रहरी चौकी अमरपट्टीको ईन्चार्ज बनेका प्रहरी सहायक निरीक्षक ब्रिज किशोर सिंहले अमरपट्टी एरियालाई सुरक्षित राख्न अहोरात्र गस्ती गर्नुको साथै आम नागरिकलाई शान्ति सुरक्षा महसूस गराउन सिमा नाकामा व्यापक कडाई गरेका छन ।

प्रहरी सहायक निरीक्षक सिंहले अमरपट्टी एरियालाई सुरक्षित राख्न स्थानीय संग हातेमालो गर्दै सबैको साथ सहयोगले मात्र समाजमा अमन चयन कायम हुने विश्वासका साथ अगाडी बढेको स्थानीयले बताए ।

पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको आदेश तथा निती निर्देशनलाई पालन गर्दै प्रहरी सहायक निरीक्षक सिंहले स्थानीयहरूमा जनचेतना फैलाउन वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई कसरी रोकथाम गर्ने, आसपास क्षेत्रमा सरसफाई राख्ने लगाएतका गतिविधिलाई निरंतरता दिएका छन ।

Leave A Reply

Your email address will not be published.