Modern technology gives us many things.

बैंकले बढाए ब्याजदर, कुन बैंकको कति पुग्यो ?

काठमाडौं । बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको थियो । कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै बैंकहरुमा तरलता घट्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बजारमा करिब १९ अर्ब रुपैयाँमात्रै तरलता रहेको छ । एक महिना अघिसम्म ५० अर्ब माथि तरलता रहेको थियो । निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिनेछ ।धेरै ब्याजदर दिनेमा प्राइम कमर्सियल बैंक दोस्रो र मेगा बैंक तेस्रो नम्बरमा देखिएको छ । प्राइमले ९ दशमलव ७५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ भने मेगाले ९ दशमलव ५५ प्रतिशत दिने बताएको छ । नबिल बैंकले मुद्दति निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

यो बैंकले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दति निक्षेपमा भने बैंकले ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म पि्रमियम थपेर ब्याज लिने उल्लेख गरेको छ ।

नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दति निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

आधारदर ५.४१ प्रतिशत रहेको यस बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म पि्रमियम थपेर कर्जामा ब्याज लिने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.