Modern technology gives us many things.

पर्साको अमरपट्टी चौकीलाई बदनाम गर्न दलाल प्रवृत्तिका गैर पत्रकार सक्रिय

वीरगंज, १ असोज । पर्साको अमरपट्टी चौकीलाई बदनाम गर्न दलाल प्रवृत्तिका गैर पत्रकार सक्रिय भएर लागी परेको खबर प्राप्त भएको छ ।

करिब आधा वर्ष पर्साको क्राईम ब्रांचको अनुभव बटुलेका प्रहरी सहायक निरीक्षक ब्रिज किशोर सिंहले प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको आदेशलाई पालन गर्दै सिमा नाकामा कडाई गरेपछी तस्कर समुह को मतियार बनेका ति गैर पत्रकारले प्रहरी चौकी अमरपट्टीलाई बदनाम गर्न लागिपरेका छन ।

अभद्र व्यवहार गरेको कसुर मुद्दामा विगत तिन महिना देखी फरार रहदै आएको र गएको हप्तामा दोस्रो पटक धरौटी राखेर तारीख़ मा छुटेका ति गैर पत्रकारले प्रहरी चौकी अमरपट्टीलाई बदनाम गर्न तस्कर समुह संग मोटो रकम अशुल गरेको बुझिएको छ ।

विगतमा बारा जिल्ला नेपाल पत्रकार महासंघ बाराको सदस्य रहेका ति दलाल प्रवृत्तिका गैर पत्रकारले आफनो ग़लत गतिविधिका कारण महासंघको साधारण सदस्यताले समेत हाथ धोएका छन । वर्तमान अवस्थामा पर्सामै उनी पटके धरौटी तिरेर तारिख मा छुटेका नामजद गैर पत्रकार हुन ।

तस्कर को मतियार ति भ्रष्ट र दलाल प्रवृत्तिका गैर पत्रकारले नारायणी रंगशाला पछाडी निर्माण गर्न लागेको घर बनाउन रकम अपुग भएपछी सिमा प्रहरी चौकी का ईन्चार्जलाई आफूले मांगे जती रकम दे नत्र तिम्रो खेदो खन्ने हाकाहाकी पैसा मांगने गरेका छन ।

यस्ता भ्रष्ट दलाल प्रवृत्तिका गैर पत्रकार लाई हदै सम्मको आवश्यक कार्यवाही सम्बंधित निकायले गर्न जरुरी छ ।

Leave A Reply

Your email address will not be published.