नेपाली कांग्रेस पर्साको जिल्ला पार्टी कार्यालय आफ्नो निजि भवनमा संचालन
वीरगंज। नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यालय आफ्नो निजि भवनमा संचालन हुने भएको छ।
आत्माराम ओझा तथा दुखा सहनी स्मृति भवनमा आज आत्माराम ओझाका भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीकाे श्रीमती सुरूजपती देवी , नेपाली कांग्रेसकाे वरिष्ठ नेता देवेन्द्रलाल नेपाली तथा नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीले संयुक्तरूपमा नेपाली कांग्रेसकाे चार तारे झण्डाकाे झण्डाेतलन गरेर पार्टीको कार्यलय उद्घाटन गरेका छन।
उक्त अवसरमा पार्टी नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
साे अवसरमा नेपाली कांग्रेसका जिल्ला उपसभापति दिना गुप्ता ,प्रकाश उपध्याय,सचिव द्वय किशाेरी साह कानु,श्याम पटेल,सहसचिव द्वय राेशन लामिछाने,किरण सरकार, प्रदेश सांसद शंकर चाैधरी,राजेश्वर साह,वरिष्ठ नेताहरू विरेन्दलाल नेपाली,बिध्या श्रेष्ठ किरण सरकार कोपिला कडेल, रुपा श्रेष्ठ, मिन्टु सिंह, सन्तोष खतिवडा, मनोजा चौधरी,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायत महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश,
नगरपालिका ,गाउपालीका,वडा तहका पदाधिकारी तथा सदस्यहरू,भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरू एवं कृयाशिल सदस्यहरूकाे व्यापक उपस्थिति रहेको युथ कांग्रेस नेपालका प्रदेश २ का सदस्य राहुल गुप्ताले जानकारी गराएका छन।